सोमवार, आश्विन १९ गते २०८३

पत्रकार रजकको परिवारसँग बालेनको भेट

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले तीनकुने घटनाका पीडित परिवारलाई भेटेका छन् । तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई भेटेपछि उनले निष्पक्ष छानबिनको माग गरेका छन् ।

बालेनका स्वकीय सचिव भूपदेव शाहका अनुसार बालेनले व्यक्तिले ज्यान गुमाउने कुरा सामान्य नभएको उल्लेख गर्दै यस्ता आपराधिक घटनाको न्यायिक छानबिन हुनुपर्ने बताए ।

‘दोष कुनै पनि पक्षको त्यो तपशीलको कुरा निष्कर्ष न्यायिक छानबिन हुनुपर्छ । तर्क जे भए पनि कोहीले अनाहकमा ज्यान गुमाउनु भएन’, शाहले भेटबारे जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार