सोमवार, आश्विन १९ गते २०८३

बार निर्वाचन : १२२१ मत गणना हुँदा श्रेष्ठभन्दा ३०३ मतले मिश्रको अग्रता

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । नेपाल बार एसोसिएसनको नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत मतगणना दोस्रो दिन पनि जारी रहेको छ ।

गएराति ८ बजे रोकिएको मतगणना बिहान पुनः सुरू गरिएको छ । आज बिहान ८ बजेपछि सुरू भएको मतगणनामा बाग्लुङको नतिजा प्राप्त भएको छ । प्राप्त नतिजामा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रले अग्रता लिएका छन् ।

मिश्रले ७६२ मत ल्याउँदा उनका विपक्षी प्रतिद्वन्द्वी व्यवसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले ४५९ मत पाएका छन् । श्रेष्ठभन्दा मिश्रले ३०३ मतको अग्रता लिएका छन् । महासचिवमा मिश्र प्यानलकै उम्मेदवार केदार कोइरालाले ७६८ मत पाउँदा श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेले भने ३९४ मत पाएका छन् ।

बारको केन्द्रीय कार्यालय काठमाडौंस्थित विभिन्न तीन स्थानमा मतगणना भइरहेको छ । यसको २५ सदस्यीय कार्यसमिति चयन गर्न चैत २३ गते मतदान भएको थियो ।


प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार