सोमवार, आश्विन १९ गते २०८३

बल्खुमा राप्रपाको जनप्रदर्शन : सुरक्षा व्यवस्था कडा

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खुमा बृहत् खबरदारी सभा आयोजना गर्न लागेको छ । राप्रपाले जुलुससहित सभाको तयारी गरिरहँदा यस क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

Balkhu (3).jpg

यतिखेर बल्खु क्षेत्रमा जनपद तथा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति देख्न  सकिन्छ । यसअघि चैत्र १५ गते तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन आँकलनभन्दा बाहिर गएपछि आजको सभामा सुरक्षा मजबुत बनाइएको हो । यसका लागि हिजै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुरक्षा मजबुत कसरी बनाउने भन्ने विषयमा छलफल जुटेका थिए ।

Balkhu (1).jpg

राप्रपाले काठमाडौंको बल्खुमा हुने सभा शान्तिपूर्ण गरिने भनेको छ । तर, यसअघि तीनकुनेमा पनि राजावादीहरूकै समूहले प्रशासनलाई शान्तिपूर्ण प्रदर्शन गर्ने भनेको थियो । तर कार्यक्रमको सुरुदेखि नै तोडफोड र आगजनी भयो । प्रदर्शनकारीहरूले निशेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि माहोल बिग्रिएको थियो ।

Balkhu.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार