सोमवार, आश्विन १९ गते २०८३

बालेनलाई हिरो भएर पत्र नकाट्न राजेन्द्र लिङ्देनको आग्रह

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजवादी प्रदर्शनमा भएको क्षति भराउन भन्दै काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र लेखेकोप्रति राप्रपाले आपत्ति जनाएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टीले आयोजना गरेको बृहत् खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’लाई ‘हिरो’ नबन्न चेतावनी दिएका छन् । उनले भने, ‘बालेनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न आग्रह गर्छु । हाम्रो साथीहरूलाई आफैँ सफा गरेर जान आग्रह गर्छु, केही पनि फोहोर रहनेछैन ।’

चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनमा राजावादीको प्रदर्शन हिंसात्मक बनेको थियो ।  प्रदर्शनकारीले सडक छेउमा रहेका गमला, फूलसहित धेरै संरचनामा क्षति पुर्‍याएका थिए । त्यसपछि काठमाडौं महानगरपालिकाले पूर्वराजालाई बिलसहितको पत्र पठाएको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार