सोमवार, आश्विन १९ गते २०८३

सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका छविलाल अस्पताल भर्ना

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणमा भैरहवा कारागार, रुपन्देहीमा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या भएपछि उनलाई कारागार प्रशासन अस्पताल लगेको हो । कारागार प्रशासन स्रोतका अनुसार उनलाई भैरहवाकै युनिभर्सल मेडिकल कलेजमा जाँचका लागि लगिएको छ ।

उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी, कालिमाटीको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन सहकारी ठगीमा मुद्दा दायर भएको थियो । यी सहकारीमा भने उनी धरौटीमा छुटेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार