काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले मंगलबार नरेन भट्टको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेको हो ।
टोलीमा अभिषेक तिवारी, नीरजकुमार यादव, साहिल पटेल, चिब्रन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्रजित पौडेल, युवराज खत्री र विपिनप्रसाद शर्मा छन् ।
नेपालले यूएईसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यी दुईबीचको खेल माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अप्रिल १३ मा हुनेछ । नेपालले दोस्रो खेल अप्रिल १६ मा हङकङसँग खेल्नेछ । यस्तै, अन्तिम खेल अफगानिस्तानसँग खेल्ने खेल तालिका छ ।