मंगलवार, आश्विन १३ गते २०८३

कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य

बुधवार , चैत्र २६, २०८१

काठमाडौँ । हङकङमा जारी चारदेशीय टी २० शृंखलाको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

हङकङको मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रन बनाएको हो। कतारका लागि कप्तान इक्रामुल्लाह खान अर्धशतक बनाए भने मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रन बनाएको हो।

शाहजैब जमिल अहमदले ३१,  महम्मद जमान २० र मोहम्मद इर्शादले १८ रन बनाए। नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र ललित राजवंशीले १/१ विकेट लिए। दोस्रो इनिङ्सको खेल केहीबेरमा सुरु हुनेछ।

 
 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार