ओपनरद्वय नै आउट भएपछि खेल कुवेततिर ढल्किएको थियो । तर, दीपेन्द्रसिंह ऐरीले १२ बलमै ३१ रन जोडेर नेपाललाई जिततर्फ फर्काएका थिए । सो क्रममा उनले २ चौका र ३ छक्का प्रहार गरे ।
त्यसपछि क्रिज सम्हाल्न आएका गुलसन झाले ३ बल खेलेर २ चौकाको मदतमा ९ रन जोडे । त्यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको कुवेतले निर्धातिर २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन जोडेको हो । कुवेतका ओपनर क्लिन्टो एन्टोले ३० बलमा ४ चौका र २ छक्काको मदतमा ४१ रन जोडे । यसैगरी अर्का ओपनर रविजा सन्दारुवान १५ बलमै २६ रन बनाएर आउट हुँदा मिट भावासरले ३५ रन जोडे ।
विलाल ताहिरले १३ बलमा ४ छक्काको मदतमा ३२ रन जोड्दा कप्तान मोहम्मद अस्लाम १७ रनमा समेटिए । बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट तथा कुशल भुर्तेल र ललित राजवंशीको नाममा एकएक विकेट रह्यो ।
यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो । सिरिजमा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।