सोमवार, आश्विन १९ गते २०८३

महामन्त्री गगन थापा भन्छन्– ज्ञानेन्द्रलाई जति सफा गरेर धोएपनि संवैधानिक राजा बनाउन सकिँदैन

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजावादीहरूलाई अब संवैधानिक राजाको एजेण्डा लिएर देशको समय खेर नफाल्न आग्रह गरेका छन् ।

कांग्रेसको दोस्रो प्रदेश सम्मेलनलाई सम्बाधेन गर्दै नेपालको राजा कसैले जति सफा गरेर धोयो भनेपनि संवैधानिक बनाउन नसक्ने बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवासमा हुँदा त देशमा उत्पात मच्याएको भन्दै यस्तो व्यक्तिलाई संवैधानिक राजा बनाउन नसकिने उनको भनाइ रहेको छ । उनले यो देश नेपाली जनताले छानेका प्रतिनिधिहरू चलाउन सक्षम रहेको बताएका छन् ।

उनले भने, ‘कांग्रेस लामो अनुभवपछि यो निष्कर्षमा पुगेको हो । निर्मल निवासमा हुँदा त यस्तो उत्पात मच्यायो, कहाँ भएको दुर्गा प्रसाईंलाई खोजेर ल्याएर, हाम्रो क्षेत्रमा बस्नुहुन्छ नवराज सुवेदी उहाँले त मलाई पनि भोट हाल्नुभयो होला जस्तो लाग्छ । सुतेर बसेको उहाँलाई, अस्तिसम्म राजालाई गाली गरेर, किताब लेख्दैथे अस्तिसम्म खोजेर ल्याएर, निर्मल निवासमा बस्दा त यस्तो छ अहिले नारायणहिटीमा भए के गर्थे होलान् ।’

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार