सोमवार, आश्विन १९ गते २०८३

दुर्गा प्रसाईंलाई नेपाल ल्याइँदै, काँकडभिट्टा नाकामा समर्थकहरू भेला

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं ।  तीनकुनेको प्रदर्शन हिंसात्मक भएपछि फरार भएका दुर्गा प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरेर नेपाल ल्याउन लागिएको छ । 

झापाको काँकडभिट्टा नाका हुँदै नेपाल ल्याउन लागिएको प्रहरी स्रोतले जनाएको छ । बिहीबार असाममा पक्राउ परेको भनिए पनि प्रसाईंको सचिवालयले भने भारतीय प्रहरी समक्ष आत्मसमर्पण गरेको बताएको छ । प्रहरीले भने आधिकारिक रुपमा अझैंसम्म पुष्टि गरेको छैन ।

अहिले काँकडभिट्टा नाकामा प्रसाईंका समर्थकहरू भेला भएका छन् । काँकडभिट्टामा उनका समर्थहरूले अवरोध गर्ने सुरक्षा विश्लेषणको आधारमा नाका परिवर्तन गरेर उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याउने प्रहरीको तयारी छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार