सोमवार, आश्विन १९ गते २०८३

दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि प्रसाईंसँगै पक्राउ

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । भारत आसाममा पक्राउ परेका दुर्गा प्रसाईंसँगै प्रहरीले उनका अंगरक्षक दीपक खड्कालाई पनि नियन्त्रणमा लिएको छ ।

प्रसाईंसँगै उनी आसाममा फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । खड्कालाई पनि प्रसाईंसँगै काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइने प्रहरी स्रोतले जानकारी दिएको छ । प्रसाईं र खड्का दुवै जनासँगै फेला परेका थिए । दुबै जनालाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीहरुलाई झापाको चन्द्रगढी विमानस्थलबाट बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याउन लागिएको हो । प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । प्रसाईं भारतको आसाम राज्यमा बिहीबार फेला परेका थिए । यता प्रसाईंको सचिवालयले भने आसाम प्रहरीमा उनी आफैंले आत्मसमर्पण गरेको दाबी गरेको छ ।

चैत्र १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका उनी मुख्य कमाण्डर रहेका थिए । उनकै नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । प्रसाईं भने फरार हुँदै भारत पुगेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार