मंगलवार, आश्विन १३ गते २०८३

जेठमा पनि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने, खेलकुदमन्त्री चौधरीले तीनपल्ट मिति सारे

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा नहुने भएको छ। प्रतियोगिताको तयारीको विषयमा निर्णय गर्न शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्डको बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता जेठमा नहुने बताएका हुन्।

सरकारले जेठ ३ देखि १० गतेसम्म प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो। तर, बिहीबार राखेप उपाध्यक्ष धुर्व आचार्यसहित एमालेका बोर्ड सदस्यहरूले खेलकुदमन्त्रीलाई भेटेर प्रतियोगिताको विषयमा ध्यानाकर्षण गराएका थिए।

सरकारको अहिलेको तयारी र समयले प्रतियोगिता जेठमा तोकिएको समयमा हुने सक्ने सम्भावना नदेखिएको उक्त समूहले जानकारी गराएको थियो। 

राखेप उपाध्यक्ष र एमाले निकटका बोर्ड सदस्यको ध्यानाकर्षणपछि दशौंको तयारीको सन्दर्भमा निर्णय गर्न शुक्रबार बोर्ड बैठक आह्वान गरिएको थियो। ढिला गरी बसिएको बैठकमा खेलकुदमन्त्री चौधरीले जेठमा नै प्रतियोगिता नहुने बताएका हुन्।

राष्ट्रिय प्रतियोगिता सञ्चालनसम्बन्धी निर्देशिका मिच्दै खेलकुदमन्त्री चौधरीले प्रतियोगिता तयारीको सन्दर्भमा ११ उपसमिति गठन गरिसकेका थिए। उपसमिति गठन गरेर खेलकुदमन्त्रीले तयारी अघि बढाएको जस्तो देखाए पनि प्रतियोगिता आयोजना हुनेमा उपसमितिका संयोजक र सदस्यहरू नै विश्वस्त देखिएका थिएनन्।

खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेपछि खेलकुदमन्त्री चौधरीले तीनपल्ट प्रतियोगिताको मिति सारिसकेका छन्। सुरुमा प्रतियोगिता मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने घोषणा गरिएको थियो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार