बुधवार, आश्विन १४ गते २०८३

यस्तो रहनेछ आजको मौसम

आइतवार , चैत्र ३०, २०८१

काठमाडौँ । आइतबार देशका केही भागमा छिटपुट पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ठूलो पानी पर्ने सम्भावना छैन ।

महाशाखाका अनुसार अहिले पूर्वी नेपालका केही ठाउँमा पानी परिरहेको छ । विशेष गरी झापा, इलाम लगायतका ठाउँहरूमा हल्का पानी परिरहेको महाशाखाले जनाएको छ ।


आइतबार कोशी प्रदेश, मधेस प्रदेश तथा देशका पहाडी भू-भागका केही ठाउँमा मेघगर्जन, चट्याङसहित हल्का पानी र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार