बुधवार, आश्विन १४ गते २०८३

वीरगञ्जमा आज १२ बजेसम्म कर्फ्यू

आइतवार , चैत्र ३०, २०८१

काठमाडौँ । वीरगञ्जमा दुई पक्षबीच झडप भएपछि लगाइएको कर्फ्यू आइतबार १२ बजेसम्म रहने छ । जिल्ला प्रशासन कार्यालय पर्साले शसनबार बेलुकी साढे ७ बजेदेखि आइतबार १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

हनुमान जन्मोत्सवका अवसरमा तनाव भएसँगै शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यू आदेश जारी गरेको हो ।

कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ -क- बमोजिम वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी ‘कर्फ्यू’ आदेश जारी गरेको छ ।

हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा स्थानीय दुई समूहबीच झडप भएको थियो । झडप नियन्त्रण गर्न प्रहरीले दुई राउन्ड हवाईफायर र केही सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपमा केही प्रहरी घाइते भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार