काठमाडौँ । हङकङमा जारी चार देशीय टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र कुवेत प्रतिस्पर्धा गर्दैछन्। खेल हङकङको मङ ककस्थित मिसन रोड ग्राउन्डमा आइतबार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ।
शनिबार नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको हो। नेपालले तीन खेलबाट पाँच अंक बनाएर फाइनलमा स्थान बनाएको हो। कुवेतले तीन खेलमा चार अंक हात पारेको थियो। आजै हङकङ र कतार पनि तेस्रो स्थानका लागि खेल्दैछन्।