मंगलवार, आश्विन १३ गते २०८३

आईपीएलमा आज दुई खेल, यी टोलीबीच भिडन्त हुदैँ

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै छ । दिउँसो र बेलुका गरी दुई खेल‌‌ हुनेछ ।

पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुनेछ । खेल जयपुरस्थिर सवाइ‌ मानसिंह स्टेडियममा दिउँसो पौने ४ बजेदेखि सुरु हुनेछ ।

राजस्थान ५ खेलमा २ जित मात्र निकालेर अंकतालिकामा सातौं स्थानमा छ भने ५ खेलमा ३ जित निकालको बेंगलरु पाँचौं स्थानमा छ ।

त्यस्तै बेलुका हुने खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स आमनेसामने हुँदै छन् । खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार