मंगलवार, आश्विन १३ गते २०८३

टी-२०आई सिरिज : नेपाललाई कुवेतले दियो १७५ रनको लक्ष्य

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । हङकङमा जारी हङकङ टी-२०आई सिरिजको उपाधि जित्नका लागि नेपाललाई कुवेतले १७५ रनको लक्ष्य दिएको छ । मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेठ गुमाएर १७४ रन बनाएको छ ।

पावर प्लेमै ७१-१ रन बनाएको कुवेतले ९ ओभरमा १००-२ रन बनाएको थियो । नेपालले टी-२०आईमा पावर प्लेमा खर्चेको यो धेरै रन हो । कुवेतको आक्रमक सुरुवात हेर्दा २०० रनको स्कोर हुने सम्भावना देखिएको थियो । कुवेतका लागि ओपनर राजिभा सान्दारुवानले सर्वाधिक ६३ रन बनाएका थिए । उनले ३६ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरेका थिए । यस्तै अर्का ओपनर क्लिन्टो अन्टोले १४ बलमा २६ र उस्मान पटेलले १५ बलमा २३ रन जोडेका हुन् । मिट भवसारले ८ बलमा १६ रन बनाएका थिए ।

नेपालका लागि बलिङमा सोमपाल कामीले ४ ओभरमा २६ रन खर्चेर २ विकेट र नन्दन यावदले ४ ओभरमा ३४ रन खर्चेर समान २ विकेट लिएका थिए । करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिएका थिए ।

क्लिन्टो अन्टोलाई पाँचौ ओभरमा आउट गर्दै कुवेतको ओपनिङ साझेदारी तोडेका नन्दनले सातौं ओभरमा मिभ भवसाराई आउट गर्दै व्यक्तिगत र टिमको लागि दोस्रो विकेट लिएका हुन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार