बुधवार, आश्विन १४ गते २०८३

जाजरकोटमा २ पटक भूकम्प

मंगलवार , बैशाख २, २०८२

काठमाडौँ । जाजरकोटमा दुईवटा भूकम्प गएका छन्।

कुशे गाउँपालिकाको पैङ्क क्षेत्रलाई केन्द्रबिन्दु बनाएर सोमबार राति र मंगलबार बिहान गरेर दुईवटा भूकम्प गएका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पहिलो भूकम्प राति ९ बजेर ३१ मिनेटमा गएको थियो। केन्द्रका अनुसार उक्त भूकम्प ४.१ म्यागनिच्युटको थियो। त्यसैगरि दोस्रो भूकम्प मंगलबार बिहान ४ बजेर ५३ मिनेटमा गएको थियो । उक्त भूकम्प ४.४ म्याग्निच्युटको थियो।

लगातार गएका यी भूकम्पका कारण हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार