मंगलवार, आश्विन १३ गते २०८३

मधेस प्रिमियर लिग आजदेखि हुँदै

मंगलवार , बैशाख २, २०८२

काठमाडौँ । मधेस प्रिमियर लिग (एमपिएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको अन्तिम तयारी भएको छ ।

प्रतियोगिताको मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले राजविराजस्थित पवि माध्यमिक विद्यालयको खेल मैदानमा उद्घाटन गर्ने छन्। उद्घाटन खेलमा छिन्नमस्ता रुपनी मधेस राइडर्स र कोसी दुहबी क्यापिटलले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा कुल ६ वटा समूहले प्रतिस्पर्धा गर्ने आयोजक एमपिएलका अध्यक्ष इञ्जिनियर सञ्जीनारायण यादवले जानकारी दिए।

उद्घाटनका दिन एउटा मात्र खेल हुने छ । वैशाख ८ गतेसम्म दैनिक दुई वटाका खेल हुने एमपिएलका उपाध्यक्ष तीर्थ दासले बताए। वैशाख १० गते सेमिफाइनलका दुवै खेल र ११ गते फाइनल प्रतियोगिता हुने छ । लिग चरणका १५, दुई वटा सेमिफाइनल र एउटा फाइनल गरी कुल १८ खेल हुने छन्।

प्रतियोगिताको उपाधि जित्ने टिमलाई ९ लाख १ हजार र उपविजेतालाई ४ लाख रुपैयाँसहित शिल्ड प्रदान गरिने छ । प्रतियोगिताका सबै खेल पवि माविकै खेल मैदानमा हुने छन्। प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमका खेलाडी दिपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, आसिफ शेख, गुलसन झा, बसिर अहमद, नन्दन यादव, विवेक यादव, आरिफ शेख, ललित राजबन्सीसहितका खेलाडी विभिन्न टिममा आबद्ध रहने प्रतियोगिताका दासले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार