सोमवार, आश्विन १९ गते २०८३

सत्ता गठबन्धनभित्र खटपटको चर्चा : प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

मंगलवार , बैशाख २, २०८२

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्ध बिग्रन थालेको चर्चाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओली र नेपाली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलवार भएको भेटवार्तापछि प्रधानमन्त्रीले राजनीतिक बुधबार संयन्त्रको बैठक बोलाएका हुन् ।

सत्तागठबन्धनमा विभिन्न नियुक्तिलाई लिएर अहिले विवाद बढिरहेको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रभावशाली नेता शेखर कोइरालाले पछिल्लो समय सरकारको लगातार आलोचना गरिरहेका छन् ।

दुवै दलबीच राष्ट्रबैंकको गभर्नर,निर्वाचन आयोग र नेपाल प्रहरीका एआईजीहरुको बढुवाको विषयमा कुरा मिल्न सकेको छैन । प्रधानमन्त्री ओलीले मंगलवार कांग्रेस सभापति देउवासंग छलफल गरेपछि बुधवारको लागि संयन्त्रको बैठक बोलाइएको हो ।

प्रधानमन्त्री ओलीले नेपाल प्रहरीमा वरियताअनुसार एआईजी बढुवा गर्नुपर्ने अडान लिइरहेका छन् भने गभर्नरमा नीलम ढुंगानालाई बनाउन प्रस्ताव गरेका छन् ।  तर, कांग्रेस सभापति देउवाले भने रविन्द्र पाण्डे वा गुणाकर भट्टमध्ये एक जनालाई गभर्नर बनाउनुपर्ने अडान लिइरहेका छन् । गभर्नरमा नीलमलाई बनाउन स्वार्थ समुहको समेत जोडवल छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार