काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर बलिङ गरिरहेको छ ।
नेपालका कप्तान नरेन भट्टले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । नेपालले दोस्रो खेलबाट एक परिवर्तन गरेको छ । पेस बलर दयानन्द मण्डलको ठाउँमा स्पीनर विपिन प्रसाद शर्मा टोलीमा आएका छन् ।
नेपालले हालसम्म २ खेल खेल्दा दुवै जितेको छ । हङकङले सोमबार यही मैदानमा अफगानिस्तानसँग पहिलो खेल खेल्दा पराजित भएको थियो ।
आजै माथिल्लो मुलपानीमा अफगानिस्तानले पनि तेस्रो खेल खेल्दै छ जहाँ टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ ।