काठमाडौं । आज पनि बिहानैदेखि देशका धेरै ठाउँको मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, जिरी, काठमाडौं, पोखरा, डडेलधुरा सहितका सहरमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।
विगत केही दिनयता देशभरको तापक्रम पनि बढ्दै गएको छ । आज धनगढीको तापक्रम सबैभन्दा बढी हुने अनुमान महाशाखाको छ । धनगढीमा आज दिउँसो अधिकतम तापक्रम ३७ डिग्रीसम्म पुग्न सक्ने अनुमान छ ।
महाशाखाले आज सबैभन्दा कम तापक्रम मुस्ताङको जोमसोम र दोलखाको जिरीमा मापन हुने अनुमान गरेको छ । त्यहाँ आज राति पाँच डिग्री सेल्सियसम्म तापक्रम झर्न सक्ने अनुमान छ ।