काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकार समर्थनका लागि योग्य नभएको बताएका छन् । शर्माले गर्नुपर्ने निर्णयमा बिलम्ब गर्ने र नगर्नुपर्ने निर्णयमा बिलम्ब गर्ने सरकारको प्रवृत्ति समर्थनका लागि योग्य नभएको बताएका हुन् ।
कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आलोचना गरिरहेका बेला अर्का महामन्त्री शर्माले पनि सरकारको आलोचना गर्दै समर्थनमै प्रश्न उठाएका हुन् । उनले भने, ‘नगर्नुपर्ने निर्णयमा हतारो/गर्नुपर्ने निर्णयमा बिलम्ब, सरकारको यो प्रवृत्ति समर्थन योग्य छैन, मुख्य दुईदल सम्मीलित सरकारको गति संतोषजनक भएन ।’
उनले सामाजिक सन्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन, अख्तियार सम्बन्धी विधेयक, त्रिविको उपकुलपतिको राजीनामा, गभर्नर नियुक्ति र नेपाल प्रहरीको एआईजी पद रिक्त भएका विषयमा सरकारको कामको आलोचना गरेका छन् ।
शर्माले भनेका छन्, ‘कमजोरी केलाउँ, लय मिलाउँ, गति बढाउँ । सरकार अलमल बाहिर अनुभूतिमा भेटिनुपर्छ । सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ ।’ उनले ‘सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ’ भन्दै बुँदागत रुपमा सुझाब दिएका छन् ।
यस्तो छ शर्माको ७ बुँदे सुझाव