सोमवार, आश्विन १९ गते २०८३

शेरबहादुर देउवाले भने– नन्दप्रसाद न्यौपाने लोकतन्त्रको अनुयायी हुनुहुन्थ्यो

बुधवार , बैशाख ३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोरखाका नेता स्वर्गीय चन्द्रप्रसाद न्यौपाने नेपाली कांग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी रहेको बताएका छन् ।

आज काठमाडौंमा जिल्ला विकास समिति गोरखाका पूर्वसभापति तथा नेपाली कांग्रेसका नेता स्व. चन्द्रप्रसाद न्यौपानेको पहिलो वार्षिक स्मृतिको अवसरमा चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थको लोकार्पण गर्दै यस्तो बताएका हुन् । उनले स्व. न्यौपानेलाई आफूले नेपाली कांग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायीको रुपमा चिनेको जिकिर गरेका छन् । उनले स्व. न्यौपानेका परिवारले नेपालको राजनीतिमा, प्रजातान्त्रिक आन्दोलनमा धेरै ठूलो योगदान गरेको बताएका छन् ।

सभापति देउवाले भने, ‘स्व. चन्द्रप्रसाद न्यौपानेलाई मैले नेपाली कांग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायीको रुपमा चिनेको छु । उहाँहरूको नेपालको राजनीतिमा, प्रजातान्त्रिक आन्दोलनमा धेरै ठूलो योगदान रहेको छ । दाजुको पाइला पछ्याउँदै चन्द्रप्रसाद न्यौपानेले नेपाली कांग्रेसमा सक्रिय भई भूमिका खेल्नुभयो ।’

सोही अवसरमा सभापति देउवाले स्व. न्यौपानेका दाजु कृष्णप्रसाद न्यौपानेलाई आफूले जेलमा भेटेको र उनमा धेरै नझुक्ने, जुझारु व्यक्तित्व आफूले पाएको बताएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार