काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफू कांग्रेस-कम्युनिष्ट दुबै भएर अगाडि बढेको बताएका छन् । आज नेपाली कांग्रेसका नेता स्व. चन्द्रप्रसाद न्यौपानेको पहिलो स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘कांग्रेसले निजी स्वतन्त्रका मात्र कुरा गर्ने र कम्युनिष्टहरूले समानतामा मात्र जोड दियो, त्यो अपुरो थियो । तर, हुनुपर्ने निजी स्वतन्त्रता साथै समानतामा भन्ने मेरो बुझाइ हो । त्यसैले अलिकति कांग्रेस, अलिकति कम्युनिष्ट म दुईवटै गुण भएको अगाडि बढेको नयाँ मान्छे हुँ, ।’
डा. भट्टराई भने, ‘शेरबहादुरलगायत साथीहरूलाई सुनाउन चाहन्छु, म त सामान्तवाद निरङ्कुशता राजतन्त्र विरोधी चेतना बोकेर लागेको मान्छे हुँ । त्यसैले ३३ सालसम्म म कांग्रेस निकट रहेँ, ।’
उनले कांग्रेस र कम्युनिष्टहरू लोकतन्त्रको दुई हाँगा भएको बताएका छन् ।