बुधवार, आश्विन १४ गते २०८३

मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते

बिहिवार , बैशाख ४, २०८२

काठमाडौँ । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

घाइतेहरुलाई उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाइएको प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार