बुधवार, आश्विन १४ गते २०८३

शर्मीला वाइवामाथि बौद्धमा रड प्रहार, टाउकोमा गम्भीर चोट

बिहिवार , बैशाख ४, २०८२

काठमाडौँ । काठमाडौंको बौद्ध क्षेत्रमा  शर्मिला वाइवामाथि रड प्रहार भएको छ। रड प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लागेको भए पनि हाल खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

वाइवाले आफूमाथि नेकपा एमालेकी कार्यकर्ता शर्मिला श्रेष्ठले रड प्रहार गरेको आरोप लगाएकी छन्। तर, श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफूले रड प्रहार नगरेको दाबी गरेकी छन्।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा लेनदेनको विषयमा विवाद हुँदा रड प्रहार भएको पाइएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। घाइते वाइवाको हाल काठमाडौंको बौद्धस्थित एक अस्पतालमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार