मंगलवार, आश्विन १३ गते २०८३

आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै

बिहिवार , बैशाख ४, २०८२

काठमाडौँ । आज आइपिएल अन्तर्गत एक खेल हुदै छ । आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीचको खेल हुदै छ । मुम्बईस्थित वानखडे क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा मुम्बई इण्डियन्सको प्रदर्शन राम्रो नभएपनि पछिल्लो खेलमा दिल्ली क्यापिटल्सलाई उसकै घरेलु मैदानमा पराजित गरेपछि उच्च मनोबलका साथ यस खेलमा उत्रिने छ । अहिलेसम्म मुम्बईले ६ खेलमा २ जित र ४ हार बेहोरेको छ ।

त्यस्तै अर्कोतर्फ सनराइजर्स हैदरावादले भने पछिल्लो खेलमा पञ्जाव किंग्सविरुद्ध २४५ रन चेज गरेर इतिहास बनाउदै जित हासिल गरेपछि यो खेल खेल्दै छ । लगातारको  चार हारपछिको यो जितले सनराइजर्सको आत्मविश्वास पनि उच्च रहेको छ । सनराइजर्सले अहिलेसम्म ६ खेलमा २ जित र ४ हार बेहोरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार