काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित मन्दिर नजिक एक पुरुष मृत भेटिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मन्दिरको भित्री गल्लीमा एक पुरुष मृत अवस्थामा फेला परेका हुन् । मृत भेटिएका पुरुष अन्दाजी ५५/५६ वर्ष जति रहेको बताइएको छ । मृतकको अहिलेसम्म नामथर तथा वतन खुलेको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।