सोमवार, आश्विन १९ गते २०८३

प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने हुँदैन : प्रकाशशरण महत

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने नहुने बताएका छन् ।

आज पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पूर्व पदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकपछि प्रवक्ता महतले यस्तो बताएका हुन् । महतले भने, ‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो, उहाँ (प्रचण्ड)ले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’

साथै, उनले गठबन्धन सरकार भन्नासाथ सबै एउटैको मात्रै निर्णय लागू नहुने बताउँदै समन्वय आवश्यक भएको बताएका छन् । उनले भने, ‘गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलको सबै थोक हुँदैन । समन्वयको आवश्यकता छ । सबैको कुरा समेट्नपर्ने आवश्यकता छ ।’

महतले थपे, ‘नियुक्तिका कुरामा पनि सन्तुलनको आवश्यकता छ । डेलिभरी गर्नुपर्छ भन्ने कुरामा हामी अडिग छौं, ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार