सोमवार, आश्विन १९ गते २०८३

बनस्थलीमा रास्वपाको केन्द्रीय समिति बैठक जारी

बिहिवार , बैशाख ४, २०८२

काठमाडैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसिरहेको छ ।

बैठकमा यसअघिका बैठकको निर्णय र पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ र  समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ । त्यस्तै महाधिवेशनबारे र जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसीप एकेडेमी, प्रशिक्षण र संगठन सबलीकरणबारे विशेग रिपोर्टिङ हुने छ । सोही बैठकमा सह-महामन्त्री सुमना श्रेष्ठले पेस गरेको राजीनामा पत्रबारे पनि छलफल हुनेछ ।

सुमनाले एक व्यक्ति एक पद कार्यान्वयनका लागि भन्दै पार्टी सह-महामन्त्री पदबाट राजीनामा पत्र बुझाएकी छन् । उनले आफू सांसद भएको र विधायकी भूमिका अहिलेको लागि महत्वपूर्ण रहेकाले त्यसमा समय दिनका लागि सह-महामन्त्री पदबाट राजीनामा दिने मनस्थितिमा पुगेको नेताहरूको भनाइ छ ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार