सोमवार, आश्विन १९ गते २०८३

रास्वपा महाधिवेशन फागुनमा

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । रास्वपाले फागुन ७, ८ र ९ मा महाधिवेशन गर्ने भएको छ ।

पार्टी मुख्यालय वनस्थलीमा बिहीबार बसेको रास्वपा बैठकले यस्तो निर्णय गरेको हो । यसअघि वैशाखमा महाधिवेशन गर्ने भनिए पनि संशोधित क्यालेन्डर अनुमोदन गर्दै रास्वपाले यस्तो निर्णय लिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार उक्त महाधिवेशन चितवनमा हुनेछ । रास्वपाले प्रदेश इन्चार्जहरु पनि तोकेको छ । त्यस्तै, २०८२ आश्विनसम्ममा वडा अधिवेशन, कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने रास्वपाले बताएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार