बुधवार, आश्विन १४ गते २०८३

मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षा

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौँ । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। शुक्रबार बिहान कोसी, मधेस र बागमती प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। 

कोसी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशसहित देशका बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।

त्यसैगरि कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासँगै हिमपात हुनेसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मेघगर्जन र चट्याङसहित हुनसक्ने वर्षा र हिमपातका कारण कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातसँगै स्वास्थ्यमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार