मंगलवार, आश्विन १३ गते २०८३

आईपीएलमा आज बेंगलुरु र पञ्जाब खेल्दै

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज शुक्रबार एक खेल मात्र हुँदैछ ।

आज रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स आमनेसामने हुँदै छन् । खेल बेलुकी पौने ८ बजेदेखि बेंगलुरुको घरेलु मैदानमा एम चिन्नास्वामी रंगशालामा सुरु हुनेछ ।

आजको खेल जित्ने टोलीलाई शिर्षस्थानमा पुग्ने अवसर पनि छ । शीर्षमा रहेको दिल्लीको ६ खेलमा १० अंक छ । आजको खेल जित्ने टोली नेटरनरेटमा दिल्लीलाई पछि पार्दै शीर्षमा उक्लिन सक्छ । पञ्जाबलाई भने केही ठुलै अन्तरको जित आवश्यक हुनेछ ।

सुरुवातदेखि नै आईपीएल खेल्दै आएका र उपाधिविहीन रहेका यी दुवै टिम यसपटक लयमा देखिएका छन् । हालको अवस्थामा अंकतालिकामा रहेका शीर्ष ५ टोलीमध्ये ४ टोली उपाधि जित्न बाँकी टिम छन् भने  सर्वाधिक उपाधि जितेका टिमहरू बटम हाफमा रहँदा यसपटक नयाँ टोलीका लागि उपाधि जित्ने अवसर बन्न सक्ने देखिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार