सोमवार, आश्विन १९ गते २०८३

शुद्धोधन गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी गोली प्रहार भएको छ । अध्यक्ष चौधरीलाई लक्ष्य गरी बिहीबार राति साढे ११ बजे गोली प्रहार भएको हो ।

चौधरीको निवासमा उनलाई नै लक्षित गरेर गएराति गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।

राति विद्युत् गएको समयमा चौधरीलाई शौचालय गएर फर्कने क्रममा गोली प्रहार भएको हो । गोली भित्तामा लागेको छ भने घटनास्थलमा पेस्तोलमा प्रयोग हुने गोलीको खोका भेटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार