काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि गर्नेलाई निस्तेज गर्नु प्रमुख दायित्व भएको बताएका छन् ।
आज पोखरामा प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण कार्यक्रममा उनले उक्त कुरा बताएका छन् । अहिलेको संविधान र व्यवस्थाको सुरक्षा प्रमुख जिम्मेवारी भएको उनको भनाइ रहेको छ ।
उनले पूर्वराजाका नाममा वा कुनै समूहका नाममा संविधानको, व्यवस्थामा प्रहार गर्ने कुरा कुनै पनि हालतमा क्षम्य नहुने जानकारी गराएका छन् । गृहमन्त्री लेखकले ठूलो बलिदानबाट यो संविधान र व्यवस्था बनेको जिकिर गरेका छन् । उनले साना साना संशोधन हुन सक्ने भए पनि कुनै पनि हालतमा पश्चगामी हुन नसक्ने बताएका छन् ।
गृहमन्त्री लेखकले भने, ‘हामी संशोधन गर्छौंं, यो हुन्छ । सहमतिका आधारमा संविधान संशोधन गर्छौंं र लोकतान्त्रिक संघीयता व्यवस्थालाई बलियो बनाउँछौं, ।’