सोमवार, आश्विन १९ गते २०८३

सांसद रघुजी पन्त भन्छन्– सरकारको हात नबाधौं, निजामती विधेयक पारित गरौं

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक र सरकारी निकायमा नियुक्तिका लागि निजामती कर्मचारीका लागि कुलीन पिरियड आवश्यक रहेको बताएका छन् । उनले यसो गर्दा सरकारको हात बाँध्न पनि नहुने बताएका छन्  ।

नेकपा माओवादी केन्द्र लगायत कतिपयले कुलीन पिरियड दुई वर्ष राख्नुपर्ने मत राखिरहेका बेला एमाले सांसद पन्तले एक वर्ष मात्रै कुलिन पिरियड राख्दा उपयुक्त हुने बताएका छन् । उनले भने, ‘कुलिन पिरियड आवश्यक छ । तर, सरकारको हात पनि नबाधौं र अगाडि बढौं, ।’

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयकमाथि छलफल जारी रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार