काठमाडौं । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले कर्मचारीको अवकाश उमेर ५८ बाट एकैपटक ६० वर्ष पुर्याए ५० देखि ६० अर्ब बचत हुने बताएका छन् ।
उनले यो आफ्नो नभएर मन्त्रालयको धारणा रहेको बताएका छन् । आज राज्य व्यवस्था समितिको बैठकमा अर्थ सचिव उपाध्यायले भने, ‘अवकाश उमेर ५८ बाट एकैपटक ६० वर्ष पुर्याए ५० देखि ६० अर्ब बचत हुनेछ ।’ निजामतीमा अवकाशको विषयमा निर्णय लिँदा अन्यत्र पनि असर पर्ने, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी लगायतमा समेत असर पर्ने र सबैतिरको जोड्दा एकैपटक अककाश ५८ बाट ६० वर्ष पुर्याए ५० देखि ६० अर्ब बचत हुने बताएका हुन् ।
अवकाश ५८ बाट ६० वर्ष पुर्याउने सहमति जुटेको छ । तर, कसरी पास गर्ने भन्नेमा कुरा मिल्न बाँकी रहेको छ । ६/६ महिना गरेर २ वर्षभित्र लागू गर्ने कि, एक/एक वर्ष गरेर लागू गर्ने भन्नेमा मत विभाजित छ । यस्तोमा अर्थ मन्त्रालयले एकैपटक ५८ बाट ६० वर्षको प्रावधान लागू गर्न सुझाव दिएका छन् ।