सोमवार, आश्विन १९ गते २०८३

एसियाली मापदण्डको राजमार्ग उद्घाटनमा प्रधानमन्त्री, मन्त्री र मेयर

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं । चितवनको नारायणगढदेखि गोन्द्राङसम्म ६ किलोमिनेटरको सडक उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

road_chitwan_3_ZikARftFDo.jpg

६ किलोमिटरको ६ लेनकै उक्त सडक एसियाली मापदण्डको छ । सडक विस्तारको जिम्मा पाएको सगुन कन्स्ट्रक्सन प्रालिले सडक विस्तारको जिम्मा पाएको थियो । निर्माण कम्पनी सगुनले २८ महिनाभित्र काम सक्ने गरी २६ असोज २०७७ मा ठेक्का सम्झौता गरेको थियो । सुरुमा एक अर्ब १२ करोड रुपैयाँमा काम सक्ने गरी सडक विस्तारको सम्झौता भए पनि पछि लागत बढेर एक अर्ब ७६ करोड रुपैयाँ पुगेको थियो ।

road_chitwan_2_cIvtLXRjbO.jpg

पहिले दुई लेन मात्रै रहेको सडकलाई विस्तार गरेर बीचमा चार लेन र दुवै साइडतर्फ थप १/१ सर्भिस लेन थप गरिएको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड गरिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार