बुधवार, आश्विन १४ गते २०८३

बुटवलमा एक युवतीमाथि गोली प्रहार, भारतीय युवकले हानेको हुनसक्ने आशंका

शनिवार , बैशाख ६, २०८२

काठमाडौँ । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल ११ बुद्धनगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ।

रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगरबस्ने बिष्टमाथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

रानाले केही दिनअघि एकजना भारतीय एक युवकसँग विवाद भएकोले उनले गोली हानेको हुनसक्ने स्थानीयको आशंका छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार