सोमवार, आश्विन १९ गते २०८३

शिक्षकहरुलाई रामकुमारी झाँक्रीले भनिन् : आउने नाच्ने, गाउने जाने, तपाईंहरूको रमिता बढी भयो

शनिवार , बैशाख ६, २०८२

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले शिक्षकहरूको आन्दोलनलाई रमिता भनेर टिप्पणी गरेकी छिन् । समाजिक सञ्जाल फेसबुकमार्फत उनले शिक्षकहरू नै समस्या समाधानको पक्षमा नरहेको आरोप लगाएकी छिन् ।

उनले लेखेकी छिन, ‘मैले पनि यो सडकलाई नजिकबाट हेरिरहेकी छु । यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने भएको छ । के शिक्षकलाई कसैले पनि सुनेन त भनेर चासो राखें । मध्यस्तकर्ता जस्तो भए पनि केही न केही काम गरौँ भन्ने लाग्यो । शिक्षक, सरकार र संसदको बिचमा समन्वय र संवाद गराउनु पर्छ भनेर धेरै कोणबाट उहाँहरूसँग कुरा पुर्‍याउने, संवाद गर्ने प्रयास पनि गरें । तर उहाँहरू त संवाद नै नगर्ने रे । शिक्षा ऐन पास हुनुपर्छ अन्यथा हामी विद्यालय फर्कदैनौ भन्नुहुन्छ । के ऐन सडकबाट पास हुने हो र ?’

‘विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुदैन ? भन्ने प्रश्न गर्दै उने लेखेकी छिन्, ‘के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरूले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ ? समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौ भन्न मिल्छ ? राज्यको तलब खाएका शिक्षक कर्मचारीले भर्नाको बेला विद्यालय बन्द गरेर लाखौ विधार्थीको भविष्य अन्योल बनाउन मिल्छ ?’

सरकारले प्रतिवद्धता जनाएकोले ऐन प्रक्रियाबाटै आउने भन्दै उनले शिक्षकहरूलाई विद्यालय फर्किन आग्रह समेत गरेकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार