मंगलवार, आश्विन १३ गते २०८३

नेपाल र अफगानिस्तान बीचको निर्णायक‌ खेल रद्ध, अफगानिस्तान विश्वकपमा छनोट

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गतको नेपाल र अफगानिस्तान बीचको निर्णायक‌ खेल रद्ध भएको छ ।

मौसमका कारण नेपाल र अफगानिस्तानको खेल हुन नसकेको हो । शनिबार बिहान ९ बजेबाट प्रतियोगिता सुरु हुने तालिका रहेको थियो ।

वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले एकएक अंक बाँडे । छनोटमा दुवैले समान ७ अंक जोडे । तर, रनरेट धेरै हुँदा अफगानिस्तान विश्वकपमा छनोट हुन सफल भयो ।

नेपालले युएईलाई ५ रन, ओमनलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो । अफगानिस्तानले ओमन र हङकङलाई समान ८ विकेट र युएईलाई १ सय ८० रनले पराजित गरेको थियो ।

आफ्ना पछिल्ला तीन वटा खेलमा विजयी भएका दुवै टोली आज आफ्नो अन्तिम खेल जितेर विश्वकपमा छनोट हुने आशामा थिए । तर मौसमले साथ नदिएपछि रनरेटका आधारमा अफगानिस्तान छनोट भएको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार