काठमाडौँ । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराई आफ्नो सुरक्षाका लागि शौचालय भित्र लुकेपछि सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।
कञ्चनजंघा हिरक महोत्सव उद्घाटनका लागि शुक्रबार गृहजिल्ला ताप्लेजुङ पुगेका उनलाई ‘नो केबलकार’ समूहले नाराबाजी गरेपछि उनी शौचालयभित्र पसेका हुन् ।
साथै आन्दोलनकारीबाट असुरक्षा देखिएपछि प्रहरीले योगेश पसेको शौचालयको ढोकामा चुकुल लगाइदियो । त्यसपछि प्रहरीले नाराबाजीमा उत्रिएको भीडलाई तितरबितर पार्दै नेता भट्टराईलाई उनी चढ्ने हेलिप्टरसम्मै सुरक्षा दिनुपरेको थियो ।
महोत्सव उद्घाटनका लागि प्रतिनिधि सभा सदस्य भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रिप्रसाद पाण्डेसँग शुक्रबार हेलिकोप्टर चढेर फक्ताङलुङ गाउँपालिका ६ लेलेप पुगेका थिए।
ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा एमाले सचिव भट्टराईले केबलकार बन्नुपर्नेमा जोड दिएका थिए।सोही कारण उनी केबलकार बनाउन नदिने पहिचानवादीको निशानामा परेका हुन्।