मंगलवार, आश्विन १३ गते २०८३

आइपीएलमा आज दुई खेल हुदैँ

आइतवार , बैशाख ७, २०८२

काठमाडौँ । आइपीएलमा आइतबार दुई खेल हुँदैछन्। पहिलो खेल पञ्जाबस्थित महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पञ्जाब र बेंगलुरुबीच अपराह्न पौने ४ बजे खेलिनेछ। दोस्रो खेल मुम्बईस्थित वानखेडे रंगशालामा मुम्बई र चेन्नईबीच बेलुका पौने ८ बजे हुनेछ।

शनिबार भएको पहिलो खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको छ । दिल्लीले ८ विकेट गुमाएर २०३ रन बनाएको थियो।

गुजरातले २० ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । दोस्रो खेलमा लखनउ सुपरजायन्ट्सले राजस्थान रोयल्सलाई २ रनले हरायो। लखनउले ५ विकेट गुमाएर १८० रन बनाएको थियो। जवाफमा राजस्थानले ५ विकेट गुमाएर १७८ रन मात्र बनायो।

दिल्ली क्यापिटल्सविरुद्ध कुनै पनि टोलीले गरेको सबैभन्दा ठूलो रन चेज हो।

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार