सोमवार, आश्विन १९ गते २०८३

निषेधित क्षेत्र तोड्ने प्रयासमा राप्रपा, शान्तिपूर्णरुपमा आफ्नो कार्यक्रम गर्न प्रहरीको आग्रह

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनमा सहभागीहरुले बिजुली बजार क्षेत्रका निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् ।

Aandolan.jpg

आज दिउँसो १२ बजेपछि बिजुलीबजार क्षेत्रमा भेला भएका राप्रपा कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् । तर, प्रहरीले भने निषेधित क्षेत्रमा जबरजस्ती नगर्न, शान्तिपूर्णरुपमा आफ्नो कार्यक्रम गर्न माइकिङ गरिरहेको छ ।

Aandolan (2).jpg

गत चैत १५ गते भएको राजावादीको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका आफ्ना नेताहरुको रिहाइको माग गर्दै राप्रपाले निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शनको आयोजना गरेको हो ।

Aandolan (1).jpg

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार