सोमवार, आश्विन १९ गते २०८३

सिंहदरबारबाट राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु पक्राउ

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका ३ नेतालाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको छ ।

बानेश्वरमा राप्रपाले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन जानुअघि सिंहरबारस्थित संसदीय दलको कार्यालयबाट लिङ्देनसहितका नेताहरुले प्रदर्शन गरेका थिए ।

तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले अध्यक्ष लिङ्देन, संसदीय दलका उपनेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको हो । नेताहरू पक्राउको विरोधमा सामूहिक गिरफ्तारी दिने घोषणा गरेका अध्यक्ष लिङ्देनसहितका नेताहरुले सिंहदरबारभित्रै पम्पलेट प्रदर्शन गरेका थिए ।

चैत १५ गतेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुको रिहाइको माग गर्दै राप्रपाले आज निषेधित क्षेत्र तोड्ने कार्यक्रम आयोजना गरेको थियो । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार