सोमवार, आश्विन १९ गते २०८३

सिंहदरबारबाट पक्राउ परेका राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरू भद्रकालीमा

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । सिंहदरबाट पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौं लगिएको छ ।

सिंहदबारमा केहीबेर अघि अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उनिहरु जिल्ला प्रहरी परिसरमै रहेका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार