सोमवार, आश्विन १९ गते २०८३

राप्रपाको प्रदर्शनमा पक्राउ पर्नेको संख्या ७ पुग्यो

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबार प्रदर्शनमा नियन्त्रणमा रहनेको संख्या सात पुगेको छ ।

युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको संख्या सात पुगेको हो । उनलाई प्रहरीले सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको हो । उनी अध्यक्ष राजेन्द्र लिङ्देनको टिममै रहेर सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए ।

अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, अमर परियार, बुद्धिमान तामाङ, किरण दुवाल, सरोज घिमिरे र कैलाश कटवाल गरी सात जनालाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ । नियन्त्रणमा लिइएकाहरू सबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार