काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् ।
सभापति शेरबहादुर देउवा देश बाहिर प्रस्थान गरेकाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको नेपाली कांग्रेसले जनाएको छ ।
देउवा व्यक्तिगत भ्रमणमा आज थाइल्यान्ड जान लागेका हुन् । स्वास्थ्य उपचारका लागि देउवा परिवारसहित थाइल्याण्ड जान लागेका हुन् ।