मंगलवार, आश्विन १३ गते २०८३

आरसिबीले पन्जाबकोलाई ८ विकेटले हरायो

आइतवार , बैशाख ७, २०८२

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज पन्जाब किंग्सलाई ८ विकेटले हराएको छ। 

आज १ सय ५८ रनको लक्ष्य पछ्याएको आरसिबीले ७ बल बाँकी रहँदै ३ विकेट गुमाएर जित निकालेको छ। विराट कोहली र देवदत्त पडिकलले अर्धशतक बनाए । कोहलीले नटआउट ७४ रनको योगदान गरे। देवदत्तले ६१ रन बनाए ।

त्यसअघि रोयल च्यालेन्जर्सले टस जितेर पहिले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५७ रनको योगफल बनायो।

प्राभसिम्रन सिंहले सर्वाधिक ३३ रन बनाउँदा सशांक सिंहले अविजित ३१ रन बटुले। जोश इङ्लिसले २९ रन र प्रियान्स आर्याले २२ रन बनाए।

यस्तै मार्को जेनसेन अविजित २५ रनमा रहे। कुनै पनि खेलाडीले ठुलो स्कोर जोड्न भने सकेनन्। बलिङमा क्रुनाल पाण्डयाले र सुयश शर्माले २ विकेट लिए।

आरसिबी १० अंक सहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। समान अंकमा रहेको पन्जाब चौथो स्थानमा झरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार